प्रकृति अधिकारी
बर्षौदेखि सामुदायिक बिद्यालय सुधारका बारेमा बहस हुने गरेको छ । तर ती विद्यालयको सुधार हुनुको साटो झन् झन् बिग्रदै गइरहेको छ । सामुदायिक विद्यालयमा छोराछोरी अध्ययन गराउने अभिभावकहरु नै अपहेलित हुने गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सामुदायिक विद्यालय सुधारका लागि लागेका छन् ।
शिक्षा क्षेत्रमा कलम चलाउँदैआउनुभएका पत्रकार प्रकृति अधिकारीले सामुदायिक विद्यालय सुधारका लागि मेयर साहलाई विभिन्न सुझाव दिनुभएको छ । प्रिय बालेन, नयाँ शैक्षिकसत्रका सन्दर्भमा सामुदायिक स्कुलका बारेमा सुझावः
१. छिद्र अनगिन्ती छन् । रोक्न हरेक विद्यार्थीको ई–हाजिरी सुरु गर्नुहोला । त्यसो हुँदा गयल विद्यार्थीको खाजा रकम जिम्मेवार पदाधिकारीको खल्तीमा जानबाट रोकिने छ ।
२. अंग्रेजी माध्यममा पठनपाठन गराउने उद्देश्यले निजी प्रकाशनका पाठ्यपुस्तक बेग्रल्ती प्रयोग गर्ने गरिएको छ । पाठ्यक्रम विकास केन्द्रबाट सन्दर्भ सामग्रीका रुपमा स्वीकृत त्यस्ता पाठ्यपुस्तकमा कमिसनको खेल पनि हुन्छ । कतिसम्म छुट दिन सक्छन् प्रस्ताव काठमाडौं महानगरले माग्नुपर्छ । बढी छुट जुन निजी प्रकाशनले दिन सक्छ त्यसका पाठ्यपुस्तक काठमाडौं महानगरले सिफारिस गर्नुपर्छ ।
आवश्यक परेमा ती पाठ्यपुस्तक योग्य छन् वा छैनन् भन्ने अध्ययन गर्न कामपाले विज्ञहरुको समिति गठन गर्न सक्छ । तीमात्र स्कुलले प्रयोगमा ल्याउनुपर्छ । त्यसो हुँदा अभिभावकलाई निकै ठूलो आर्थिक राहत मिल्ने थियो भने स्कुलका जिम्मेवार पदाधिकारी र प्रकाशन गृहका सञ्चालकबीचको सेटिङ भत्किने थियो ।
३. प्रवेश परीक्षाको प्रवृत्ति भत्काउनु होला । प्रवेश परीक्षा मान्य हुनुभएन । भर्ना हुन आएका सबैले प्रवेश पाउनुपर्छ । क्षमताभन्दा बढी आएकालाई भर्ना गर्न नसकिने भए अन्य विद्यालयमा सिफारिस गर्न सकियो । प्रवेश परीक्षा सञ्चालन गरेर अब्बल विद्यार्थी भर्ना गर्ने, सामान्य वा कमजोरका लागि ढोका बन्द गर्ने र वार्षिक परीक्षाको नतिजाका आधारमा आफू अब्बल भएको घोषणा गर्ने प्रवृत्ति छ । अब्बललाई भर्ना गरेर अब्बल त जो पनि बन्नसक्छ, कमजोरलाई भर्ना गरेर अब्बल नतिजा निकाल्नु पो ठूलो कुरा हो ।
४. कतिपय स्कुलमा विद्यार्थी छैनन्, शिक्षक थुप्रिएका छन्, कतिपयमा शिक्षक निजी स्रोतबाट व्यवस्थापन गरिएको छ । स्कुलको कक्षाकोठाको क्षमताका आधारमा कति विद्यार्थी कुन तहमा भर्ना हुनसक्छन् भन्ने फेहरिस्त सार्वजनिक गर्नुहोला । शिक्षक अपुग हुनसक्छन् । तसर्थ सुरुमा शिक्षक दरबन्दी मिलान गर्नुहोला । जुन स्कुलमा अभाव रहन्छन् ती स्कुलमा शिक्षकका लागि स्रोत व्यवस्थान गरिदिनुहोला । बर्दियाको बारबर्दिया नगरपालिकाले यस्तै अभ्यास गरेको छ । पालिकाले नै शिक्षकको तलब व्यवस्थापन गरिदिए विद्यार्थीले शुल्क तिर्नैपर्दैन । तसर्थ सामुदायिक स्कुलमा पूर्ण निःशुल्कको अभ्यास थाल्नुहोला । सोको घोषणा गर्नुहोला ।
५. जुन तहको स्कुल हो, सोही तहका शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिनुहोला । त्यसो भएमा नियमसम्मत हुनेछ । माविमा निमावि वा प्राविका शिक्षकलाई प्रअको जिम्मेवारी दिनु नियमसम्मत हुँदैन । दरबन्दी मिलान भइसकेपछि स्थायी शिक्षक भएनन्, त्यसैले तलका तहका शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिनुपरेको हो भन्ने अवस्था नै रहँदैन ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
मोहनकुमार घिमिरे संघीय निजामती सेवा ऐन मुलुकको प्रशासन चलाउने एउटा अर्को कानुनमात्र होइन, यो राज्य र निजामती कर्मचारीबीचको सम्बन्ध, जिम्मेवारी, अधिकार, सेवा–सर्त र उत्तरदायित्व निर्धारण...
सम्राट उपाध्याय काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शनिबार मध्यराति प्रहरीले नियन्त्रणमा लियो । ब्यवहारिक रुपमा जबरालाई पक्राउ गरिए पनि सैद्धान्तिक रुपमा सुरक्षा प्रदान गरेको दाबी...
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
क्षितिजविक्रम खनाल नेपाली समाजमा हरितालिका तीज केवल एउटा धार्मिक पर्वमात्र होइन, यो नारी जीवनको आध्यात्मिक, सामाजिक र सांस्कृतिक आयामसँग गहिरो रूपमा जोडिएको जीवन्त परम्परा हो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend