काठमाडौं । गठबन्धन फेरिएको एक सातामै गृहमन्त्रालयको सचिवमा एकनारायण अर्याललाई लगेर सचिव सरुवाको खाता खोलेको सरकारले ठूलो संख्यामा सचिव सरुवाको तयारी गरेको छ । अर्याल गृह प्रवेश गरेपछि सो मन्त्रालय ताकेका एमालेनिकट सचिवहरुले अन्य ठूला मन्त्रालयमा आँखा लगाएका छन् । संभवतः बिहीबार (आज) बिहान ९ बजे बस्ने मन्त्रिपरिषद बैठकले सचिवहरुको सरुवा गर्ने संभावना छ ।
अर्थसचिव कृष्णहरि पुस्कर अमेरिका भ्रमणमा गएपछि असन्तुष्ट बनेका अर्थमन्त्री बर्षमान पुनले अर्थमा राजस्व सचिव डा.रामप्रसाद घिमिरेलाई नै जिम्मा दिने तयारी गरेका छन् ।
घिमिरे अहिले पुस्कर अमेरिका गएपछि पूरै मन्त्रालयको कार्यभार सम्हालिरहेका छन् । अर्थतन्त्र संकटमा परिरहेको बिषम परिस्थितिमा अर्थ मन्त्रालयको बागडोर सम्हालेका पुनलाई मन्त्रालय र मातहतको ब्रिफिङ नसकी पुस्कर अमेरिका पुगेका हुन् । सो पदमा घिमिरेका अलावा राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तोयम रायाले पनि एमाले नेतृत्वसँग लाइन मिलाइरहेका छन् ।
त्यस्तै, अर्थसचिवकै लागि प्रधानमन्त्री कार्यालयका सचिव अर्जुन पोखरेलले पनि चाहना राखी लबिङ थालेका छन् । पुस्करले बिस्थापन गरेका पोखरेल उनलाई नै हटाएर प्रतिस्थापन भई विगतको सरुवा गलत थियो भन्ने साबित गर्न चाहन्छन् । सके अर्थ, नभए पनि उद्योग सचिवमा पोखरेलको नजर परेको छ । उद्योग सचिव मुकुन्द निरौलालाई मन्त्री दामोदर भण्डारीले उपयुक्त स्थान खोजेर विकल्प दिनका लागि संकेत गरिसकेको स्रोत बताउँछ ।
मन्त्री भण्डारीले बाणिज्य सचिव नारायणप्रसाद दवाडीको समेत विकल्प खोजिरहेका छन् । निरौला रिक्त निर्वाचन आयोगमा सचिवमा सरुवा हुने चर्चा छ । कतिपयले उनलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा भरतमणि सुवेदी पनि उद्योगमै जान चाहिरहेका छन् । सुवेदीको उद्योग पाए भने निरौलाले सार्वजनिक खरिदमै चित्त बुझाउनुपर्ने अवस्था हुनेछ । संचार मन्त्रालयबाट बाहिरिएका कृष्णबहादुर राउत बित्त आयोगबाट मन्त्रालयमा आउन खोजिरहेका छन् । रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले बर्षाैदेखि मन्त्रालय छाडेर आयोग तथा कार्यालयतिर पुर्याउने तयारी छ ।
उद्योग नपाए सुवेदीले रक्षा ताकेका छन् । पर्यटनका डा. दीपक काफ्ले माओवादीकै मन्त्री सुदन किराँतीले ल्याएका हुन् । तर किराँतीले ल्याएका उनलाई हितबहादुर तामाङले निरन्तरता दिन नचाहेका कारण प्रधानमन्त्री कार्यालयमै थन्किनुपर्ने संभावना छ । बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय यही मौकामा संघीय मामिला मन्त्रालय ताकिरहेका छन् । तर संघीय मामिलाका बिनोदप्रकाश सिंहले भेगीय नाता लाएर टिक्न खोजिरहेका कारण संघीय नभए बाणिज्य सचिवमा भने पनि आउन जोडबल गरिरहेका छन् ।
मुख्यसचिव बैकुन्ठ अर्यालका प्रमुख सल्लाहकारको भूमिका निर्वाह गरिरहेका र अर्याल अवधि नपुग्दै बाहिरिएको अवस्थामा यसअघि मुख्य सचिव नै ताकेका उदयराज सापकोटा तेस्रो पटक प्रधानमन्त्री कार्यालयमा जानुपर्ने देखिएको छ । कानुन सचिवका लागि लीला गड्तौला, तोयानाथ अधिकारी, फणिन्द्र गौतमको चाहना रहेको छ । गड्तौलाको पालो मिचेर सापकोटा दोस्रो पटक कानुन मन्त्रालयमा आएका हुन् ।
खानेपानी सचिव सुरेश आचार्यका लागि बिज्ञान प्रविधि र प्रधानमन्त्री कार्यालयमा कुन ठाउँमा पठाउने भन्नेबारेमा मन्त्री राजेन्द्र राईले छलफल गरिरहेका छन् । उनी आफू बिराटनगरको भएको र मन्त्री धनकुटाका भएका कारण पूर्वको साइनो लाउँदै टिक्न एमालेका मझौला नेताहरुलाई फकाइरहेका छन् । तर सचिव सरुवामा एमाले मन्त्रीहरुको पार्टी नेतृत्वको छनोट लागू हुने भएका कारण आचार्यको टिक्ने प्रयत्न सफल हुने संभावना क्षीण छ । सचिव बढुवा भएको छैटौं पटकमा खानेपानीमा दोस्रो पटक पुगेका आचार्यका लागि सरुवा नौलो बिषय मानिन्न । खानेपानीमा जानका लागि नेपाल ट्रष्टका सचिव विश्वबाबु पुडासैनी चर्चामा छन् ।
त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मासँग सडक विभागको महानिर्देशक भएको समयमा ठाक्कठुक्क परेकाले मन्त्री रघुवीर महासेठले पनि अर्को सचिव ल्याउने प्रयास गर्नेछन् । यद्यपि एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्धका कारण महासेठले उनलाई सरुवा गर्नसक्ने संभावना कम देखिएको भौतिक मन्त्रालयका एक डीई बताउँछन् ।
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
काठमाडौँ। सरकारले महिला निजामती कर्मचारीलाई महिनावारी/रजश्वला बिदा दिने भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधि सभामा दर्ता गराएको सङ्घीय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend