सुनसरी, १८ बैशाख । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाईमा मुलुकमा भैराखेको बेथितिको नेपाली कांग्रेस छड्के किनाराको साक्षी बनेको टिप्पणी गरेका छन् ।
१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज सुनसरीको इनरुवामा आजपा निकटको आम ट्रेड युनियन फेडरेसनद्धारा आयोजित दलाल दलतन्त्र विरुद्धम खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘मुलुकमा बेथिति, भ्रष्टाचार, अनियमितता बढदै गईरहेको छ । प्रधानमन्त्रजी हरेक क्षेत्रमा असफल हुनुभएको छ र छड्के किनाराको साक्षी कांग्रेस हुनु दुखद छ । आम जनताले परिवर्तन र निकास खोजेका छन्,’ आजपा अध्यक्ष साहले भने, ‘एउटा गभर्नर नियुक्त गर्न नसक्ने सरकारले देश कसरी चलाउछ ? सरकारले मुलुकलाई अन्योल बनाएको छ । यसरी मुलुक अगाडी बढन सक्दैन् ।’
यस्तै उनले प्रधानमन्त्री ओलीको स्टन्टले वैदेशिक सम्बन्ध विग्रदै गएको बताए । ‘मुलुकलाई अगाडी बढाउन असफल भएको वर्तमान सरकारको स्टन्टले वैदेशिक सम्बन्ध विग्रदै गएको छ । हाम्रा दुई छिमेकी भारत र चीनसंग सम्बन्ध राम्रो छैन् । प्रधानमन्त्रीको स्टन्टले भारत सहितका देशसंगको सम्बन्ध बिग्रेको छ,’ उनले भने ।
श्रमजीवी, मजदुरसहित आम जनताको पक्षमा काम नगरी वर्तमान सरकार बिचौलिया र भगौडा बर्गको सेवामा लागेको उनले बताए । बिचौलिया र भगौडा बर्गको सेवा गरिरहेको सरकारले बिचौलियाकै सेटिङमा लागेकाले गभर्नर नियुक्तीमा ढिलाई गरेको उनले बताए ।
नेपालसहित विदेशमा श्रमजीवी मजदुरहरु बिभिन्न समस्याका कारण तड्पिरहेको भए पनि सरकार मौन बसेको उनले बताए । विदेशमा काम गरिरहेका नेपाली मजदुरहरुले ट्रेड युनियनको हकअधिकार पाउनुपर्ने आजपा अध्यक्ष साहले बताए ।
‘अहिलेको २१औं शताब्दीमा दास्ताको नारकिय जिवनमा धकेल्न पाईन्छ ? स्थायी जागिरेले आफ्नो अधिकारका लागि संगठन निर्माण गर्न पाउने, ग्रुप बार्गेनिङ गर्न पाउने तर पराई देशमा गएका युवा मजदुरले बोल्न पनि नपाउने यो कहाँको न्याय हो ?’ आजपा अध्यक्ष साहले सरकारसंग प्रश्न गरे ।
साहले नेपालको उधोगमा नेपालीले रोजगार नपाउने र विदेशीलाई रोजगार दिने काम आफूलाई अस्वीकार्य भएको बताए । पहिलो प्राथमिकता नेपाली मजदुरलाई नै दिनुपर्ने उनले बताए ।
ट्रेड युनियनको हकलाई स्वीकार नगर्ने देशमा नेपाली मजदुर पठाउन नहुने उनले बताए । ट्रेड युनियनको मान्यता नदिने देशमा नेपालीलाई किन पठाएको भन्दै उनले सरकारसंग प्रश्न समेत गरेका छन् ।
यस्तै नेपालमा घरेलु कामदारको हकअधिकार सुनिश्चित नभएको बताए । नेपालमा काम गरिरहेका घरेलु कामदारको हितमा हुने गरी कानून निर्माणमा सरकारले ढिलाई गर्न नहुने उनले बताए । यथाशिघ्र घरेलु कामदारको हितमा हुने गरी कानून निर्माण गर्नुपर्ने उनले बताए ।
आम ट्रेड युनियन फेडरेशनका अध्यक्ष शिव थापाको अध्यक्षतामा भएको कार्यक्रममा आजपाको सहअध्यक्ष तिलक थापा, बिल्टू यादव, विजय यादव निर्विज ,जुरीलाल मोची, लगायतका नेताहरूको सहभागिता रहेको थियो ।
यसैगरी आम ट्रेड युनियन फेडरेशन केन्द्रीय समितिको आयोजनामा आजै काठमाडौंमा बिभिन्न कार्यक्रम सहित १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । ‘श्रमिकको सम्मान, सुरक्षा र स्वदेशमै रोजगारीका लागि दवाव बढाऔँ’ भन्ने नारा सहित आजपा निकटको आम निर्माण मजदुर संघका केन्द्रीय अध्यक्ष बिनोद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा आजपा नेताहरु धनकुमारी मगर, रञ्जु साह, तेजनाराण चौधरी, देवकुमारी साह, प्रमोदराज घिमिरे, अनिता थापा लगायतकाले सम्बोधन गरेका थिए ।
यसैगरी आजै आजपा निकटको आम ट्रेडयुनियन फेडरेशन गण्डकी प्रदेशको आयोजनामा पोखरामा समेत मजदुर दिवस भव्यरुपमा सम्पन्न भएको छ । फेडरेशनका गण्डकी प्रदेश अध्यक्ष सुर्यबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा आजपा गण्डकी प्रदेशका अध्यक्ष भोजराज त्रिपाठी नेताहरु संतोष साह, हरि थापा, सीता सुवेदी, लक्ष्मी तामाङ लगायतकाले सम्बोधन गरेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend