नयाँदिल्ली । मुख्यमन्त्री अरविन्द केजरीवाल हाजिरीका लागि दिल्लीको राउज एभिन्यू अदालत पुगेका छन् ।
बहस सुरु हुनेबित्तिकै उनले जमानत पाएका थिए । उनलाई १५ हजारको व्यक्तिगत धरौटीमा जमानत दिइएको हो । यो मुद्दा ईडी याचिकासँग सम्बन्धित छ। जसमा उनलाई मार्च ७ मा अदालतमा उपस्थित हुन समन जारी गरिएको थियो ।
रुस एभिन्यू अदालतमा शुक्रबारसुनुवाइ भएको थियो । यस क्रममा अदालतले केजरीवाललाई हाजिर हुन भनेको थियो । वास्तवमा दिल्लीका मुख्यमन्त्रीले व्यक्तिगत रूपमा उपस्थित नहुनको लागि छुट मागेका थिए।
ईडीले केजरीवाललाई अहिलेसम्म ८ वटा समन जारी गरेको छ । केजरीवाल एकपटक पनि एजेन्सीमा उपस्थित भएनन् । यसपछि अनुसन्धान एजेन्सीले केजरीवालविरुद्ध अदालतमा दुईवटा उजुरी दायर गरेको थियो।
अदालतको बहसः
अदालतः के अभियुक्त हाजिर छन् ?
गुप्ताः हो, उनी अदालतमा छन् र तपाईं जमानतको आदेश दिन सक्नुहुन्छ। यसपछि केजरीवाल गएर जिज्ञासा जारी राख्न सक्छन् ।
अदालतः १५ हजार रुपैयाँ धरौटीमा जमानत दिन्छ । केजरीवाल अदालतबाट जान सक्छन् । वकिलहरू अझै अदालतमा उपस्थित हुनुपर्छ।
यति छोटो संबाद भए पछि केजरीवालले जमानतमा रिहा भएका छन् ।
केजरीवालका वकिलका अनुसार मुख्यमन्त्री केजरीवालले ईडीको हरेक समनको जवाफ दिएका छन ।
एएसजी एसभी राजु ईडीको तर्फबाट मार्च १५ मा विशेष न्यायाधीश (सीबीआई) राकेश सायलको एकल इजलासमा उपस्थित भएका थिए। जहाँ केजरीवालका वकिलहरू वरिष्ठ अधिवक्ता रमेश गुप्ता र अधिवक्ता राजीव मोहन थिए। केजरीवालका वकिलहरूले भने कि दिल्लीका मुख्यमन्त्रीले ईडीको हरेक समनको जवाफ दिएका छन्। मुख्यमन्त्रीको जिम्मेवारीका कारण उनी ईडीसमक्ष उपस्थित हुन सकेनन् । अदालतमा उजुरी गर्नुअघि ईडीले केजरीवाललाई कारण देखाउ नोटिस समेत दिएको थिएन।
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend