काठमाडौं । जो बाइडेन प्रशासनले भारतको आन्तरिक मामिलाका बारेमा पुनः बोलेको छ ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीका बारेमा अमेरिकाले आफनो धारणा सार्बजनिक गरेको हो ।
अमेरिकी विदेश मन्त्रालयले केजरीवालको गिरफ्तारीलाई नजिकबाट नियालिरहेको बताएको छ । भारत सरकारलाई निष्पक्ष, समयसापेक्ष र पारदर्शी कानुनी प्रक्रियाका लागि प्रोत्साहन गर्नेसमेत बताएको छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भने कि हामी भारत सरकारलाई मुख्यमन्त्री अरविन्द केजरीवालका लागि निष्पक्ष, पारदर्शी र समयसापेक्ष कानुनी प्रक्रियाका लागि प्रोत्साहन गर्छौं।
यसअघि दिल्लीका मुख्यमन्त्रीको गिरफ्तारीलाई लिएर जर्मनीबाट पनि प्रतिक्रिया आएको थियो । त्यसमा भारतले उचित जवाफ दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । जसअनुसार भारतले जर्मन दूतावासका उपप्रमुखलाई बोलाएर बयानसमेत लिएको थियो । तर, अमेरिकाकाे याे टिप्पणीमा भारतले अहिलेसम्म अाैपचारिक रूपमा कुनै प्रतिक्रिया दिएकाे छैन् ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मदिरा नीति घोटाला प्रकरणमा ईडीले मार्च २१ मा उनको निवासबाट पक्राउ गरेको थियो। उनी मार्च २८ सम्म
केजरीवाल ईडीको हिरासतमा नै रहने छन् ।
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend