Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • जसपाबाट उपेन्द्र, नवलकिशोर र दीपक मन्त्री बन्दै, आजै शपथ लिने


    आइतबार, फाल्गुन २७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नयाँ गठबन्धन बनाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले ले आज जनता समाजवादी पार्टीका तीन मन्त्री थप गरी मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

    जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुँदैछ । जसपाका अध्यक्ष यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रालय सम्हाल्नेछन् । जसपाका अर्का नेता नवलकिशोर साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने र दीपक कार्की स्वास्थ्य राज्यमन्त्री हुनेछन् । उनीहरुले आज शपथग्रहण गर्ने भनिए पनि समय निश्चित भइसकेको छैन ।

    यसअघि एमालेका ८, माओवादी केन्द्रका ५ रास्वपाका ४ र नेकपा एकीकृत समाजवादीका २ मन्त्री सरकारमा सहभागी भइसकेका छन् ।  जसपालाई पनि सरकारमा समेटेपछि प्रधानमन्त्रीले संघीय संसदबाट विश्वासको मत लिनेछन् । फागुन ३० गते विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार