काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीदेखि बुटवलको सुप्रिम, बीरगंजको सानो पाइला, काठमार्डौंको स्वर्णक्ष्मीदेखि चितवनको साहारा र जीबी राईले नेपालंजको समानता बचत तथा ऋण सहकारीबाट ७ अर्ब सर्वसाधारणको बचत हिनामिना गरेका गीतेन्द्रबाबु राई(जीबी)बिरुद्ध रेड नोटिस जारी भएको छ ।
पोखरा सूर्यदर्शन सहकारीदेखि नेपालगंजको समानता सहकारीको निक्षेप अपचलन गरेको कसुरमा अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘ईन्टरपोल’ बाट उनीविरुद्ध रेड नोटिस जारी भएको प्रहरी प्रवक्ता (डीआईजी) भीम ढकालले जानकारी दिएका छन् । यसअघि १३ माघमा उनीविरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो ।
डिफ्युजन नोटिसको आधारमा उनी मलेशियामा ‘लोकेट’ भएका हुन् । मलेशियाबाट पक्राउ गरेर नेपाल ल्याउन नेपाल प्रहरीका नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)ले रेड नोटिस जारी गर्न इन्टरपोल महासचिवालयलाई पत्राचार गरेको थियो ।
रेड नोटिस जारी भएसँगै इन्टरपोलमा आबद्ध प्रहरी संगठनलाई अपराधी छिटो ‘डिपोर्ट’ गरिदिने दायित्व बढी हुन्छ । रेड नोटिस जारी गर्न आवश्यक कागजात प्रहरीले यसअघि नै जिल्ला अदालत कास्कीबाट प्रमाणित गराएर इन्टरपोलमा पठाएको थियो ।
सूर्य दर्शन सहकारीका वर्तमान अध्यक्ष बाग्लुङ घर भएका थान बहादुर बुढामगर, ओखलढुंगा घर भएका पूर्वअध्यक्ष भूपेन्द्र राई र पूर्वसदस्य शिव बहादुर गुरुङविरुद्ध पनि डिफ्युजन नोटिस जारी भएको छ । जीबी राईले सहकारी समस्याग्रस्त भएपछि बाजेको सेकुवाका संचालक चेतन भण्डारी र भेपदेखि मल तस्कर पवनकुमार साहको कम्पनी चेनी क्यापिटललाई ललितपुरको भैसेपाटीस्थित २३ रोपनी ७ आना जग्गा बिक्री गरेका छन् । जुन जग्गा बचतकर्ताको रकम अपचलन गरी जीबीले खरिद गरेका थिए ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend