Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्यानद्धारा क्रिकेट खेलाडीको नयाँ ग्रेडिङ, कसले कति पाउनेछन् तलब ?


    सोमबार, फाल्गुन १४ २०८०
    820
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको नेपाल क्रिकेट संघ (क्यान)ले वर्गीकरण गरेको छ।

    क्यानको आज बसेको बैठकले पुरुष र महिला खेलाडीहरुको वर्गीकरण गर्नुका साथै उनीहरुको मासिक तलब तोकेको हो ।

    क्यानले शीर्ष ग्रेडका खेलाडीहरुलाई मासिक एक लाख रुपैयाँ दिने भएको छ। ग्रेड ‘ए’मा कप्तान रोहितकुमार पौडेलसँगै सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल छन् ।

    ग्रेड ‘बी’मा कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललितनारायण राजवंशी, आसिफ शेख र अविनाश बोहरा छन् ।

    विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिश जीसी ग्रेड ‘सी’मा परेका छन् । पवन सरार्फ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ छन् ।

    क्यानले इमर्जिङ क्याटगोरी पनि बनाएको छ, जसमा दीपेश कँडेल (कोशी), रुपेश सिंह (मधेश), रिजन ढकाल (बागमती), विपिन खत्री (गण्डकी), देव खनाल (लुम्बनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी (सुदूरपश्चिम) छन् ।

    यसैगरी क्यानका अनुसार ग्रेड एमा परेका खेलाडीहरुले मासिक एक लाख रुपैयाँ पाउनेछन् । ग्रेड ‘बी’लाई ७० हजार, ग्रेड सीलाई ५५ हजार, ‘डी’लाई ३५ हजार र इमिर्जिङ क्याटगोरीका खेलाडीहरुलाई मासिक २ हजार तलब दिनइनेछ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार