काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले जीतका लागि नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ ।
आइतबार क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा ४९.३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनायो ।
नेपालको सुरुवात राम्रो थियो । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए । तर नवौं ओभरको तेस्रो बलमा यो साझेदारी टुटेसँगै नेपालले निरन्तर विकेट गुमायो ।
महत्वपूर्ण ९ विकेट गुमाउँदा नेपालको स्कोर ९४ रन मात्र थियो । आठौं नम्बरमा आएका आरिफ शेखले टिकेर खेल्ने प्रयास गरे । उनले सातौं विकेटका लागि भुर्तेलसँग २८ रनको साझेदारी गरे । त्यसक्रममा भुर्तेलले अर्धशतक पूरा गरे ।
तर ३७ औं ओभरको तेस्रो बलमा भुर्तेल ६६ रनमा आउट हुन पुगे । थप १३ रन जोड्दा गुल्सन झा व्यक्तिगत ५ रनमा आउट भए । करण केसीले आक्रामक पारी खेल्दै आरिफसँग नवौं विकेटका लागि ३६ रनको साझेदारी गरे ।
तर ४९औं ओभरको दोस्रो बलमा आरिफ (२२ रनमा) आउट भए भने अर्को ओभरको तेस्रो बलमा बास डि लिडले करणको विकेट लिएपछि नेपाल १७२ रनमा अलआउट भयो ।
त्यस्तै नेपाललाई सस्तैमा समेट्ने क्रममा नेदरल्याण्ड्सका आर्यन दत्त र भिभयन किंग्माले समान ३–३ विकेट लिए भने बास डि लिडले २ तथा रोलेफ भान डर मर्वेले एक विकेट लिए ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend