काठमाडौँ । नामिबियाले नेदरल्याण्डसमाथि शानदार जित हासिल गरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेल अन्तर्गत नामिबियाले नेदरल्याण्डसलाई २४ रनले पराजित गरेको हो ।
नामिबियाले दिएको २०४ रनको लक्ष्य पछाएको नेदरल्याण्डस ४३.५ ओभरमा अल आउट हुदै १७९ रन मात्र बनाए पछि खेल २४ रनले हारेको हो । टियु मैदानमा लिग-२ को यस सिरिजमा पहिला ब्याटिंग गरेर जित हासिल गर्ने नामिबिया पहिलो देश बनेको छ । यस अघिका यस लिगका सबै खेलमा पहिला ब्याटिङ गर्ने देशले हार बेहोरेका थिए ।
टस खेलमा यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले ४१.३ ओभरमा अल आउट हुदै २०३ रन बनाएको थियो । यो नामिबियाको लिग-२ को यस सिरिजमा चौथो खेलमा तेस्रो जित हो । ४ खेलमा ३ जितसहित नामिबियाको ६ अंक भएको छ र लिग-२ को पहिलो सिरिज पनि जितेको छ । त्यसैगरी नेदरल्याण्डसको ३ खेलमा २ अंक रहेको छ भने नेपालको पनि ३ खेलमा २ अंक रहेको छ । अब यस सिरिजको अन्तिम खेलमा आइतबार नेदरल्याण्डसले नेपालको सामना गर्दै छ ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend