काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको जारी महासमिति बैठकमा महासमितिले लिनुपर्ने थप संकल्पबारे प्रस्ताव राखेका छन्। ललितपुरको गोदावरीस्थित सनराइज हलमा फागुन ७ गतेदेखि जारी महासमिति बैठकले लिनुपर्ने थप संकल्पबारे पौडेलले प्रस्ताव राखेका हुन्।
उनले ८ पृष्ठको २८ बुँदे पूरक प्रस्ताव बुधबार महासमिति सदस्यहरूलाई बाँडेका छन्। जनताले मतदान गर्ने निर्वाचनमा कांग्रेसले निर्वाचन पूर्व अन्य कुनै पनि पार्टीसँग गठबन्धन वा तालमेल नगर्न महासमितिले निर्देश गर्नुपर्ने उनको प्रस्तावमा उल्लेख छ ।
निर्वाचनका लागि उम्मेदवार छनोट र टिकट वितरणका लागि सबै तहका संसदीय समिति र बोर्ड तत्काल खारेज गरी उम्मेदवार छनोट गर्न प्राइमरी इलेक्सन गर्ने उनको भनाइ छ ।
सबै तहको नेतृत्वमा प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्ने, भ्रातृ संस्थाका अनिवार्य महाधिवेशन, मनोनीत बन्द गरिनुपर्ने, महाधिवेशन सकेको एक महिनाभित्र सबै विभाग र समिति गठन गरिसक्नुपर्ने कुरा उनको प्रस्तावमा उल्लेख छ ।
निष्पक्ष व्यक्तिहरूलाई सहभागी गराएर भ्रष्टाचार र अनियमिततामा जोडिएकाहरूमाथि पार्टीकै अग्रसरतामा छानबिन गर्नुपर्ने उनको भनाइ छ । केन्द्रीय सदस्यले एक महिनाभित्र सम्पत्ति र त्यसको स्रोतको स्वघोषणा गर्नुपर्ने पनि पौडेलको प्रस्तावमा उल्लेख छ ।
देश विकासका लागि विज्ञलाई सम्मिलित गरेर पाँच, दश र पन्ध्र वर्षे भिजन तयार गर्नुपर्ने पनि उनले तर्क छ । मंगलबार केन्द्रीय सदस्य नैनसिंह महरले पनि १२६ पेजको दृष्टिपत्र महासमिति सदस्यलाई हस्तान्तरण गरेका थिए । केन्द्रीय समितिकातर्फबाट महासमिति बैठकमा बुधबार उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगन थापाको सांगठनिक र अर्का विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्तावमाथि आजबाट समूहगत रूपमा हुनेछ।
त्यस्तै महासमिति बैठकमा कांग्रेस प्रवक्ता तथा अर्थमन्त्री डा प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गरेका थिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend