Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लेवानडोस्कीको दुई गोलमा बार्सिलोना विजयी


    आइतबार, फाल्गुन ६ २०८०
    880
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले सेल्टा भिगोलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले सेल्टा भिगोलाइ २-१ गोल अन्तरले पराजित गरेको हो ।

    बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुवै गोल गरेका थिए । उनले खेलको ९७औं मिनेटमा निर्णायक पेनाल्टी गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण तीन अंक दिलाएका थिए ।

    त्यसैगरी सेल्टा भिगोका लागि एक गोल लागो आसपासले गरेका थिए । यो जितपछि बार्सिलोनाको २५ खेलमा ५४ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी सेल्टा भिगोको २५ खेलमा २० अंक रहेको छ र लिगमा १७औ स्थानमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार