काठमाडौं । यसै वर्ष हुने महिला एसिया कप टी-२० क्रिकेट प्रतियोगितामा पुग्नने नेपाल असफल भएको छ । मलेसियामा जारी एसीसी वुमेन्स प्रिमियर कपको सेमिफाइलनमा मलेसियासँग ४ विकेटले हारसँगै नेपाल एसिया कपमा पुग्न असफल भएको हो ।
वुमेन्स प्रिमियर कपको फाइलनमा पुगेका मलेसिया र युएई एसिया कपमा छनोट भएका हुन् ।
नेपालले दिएको ११६ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । मलेसियाकी एलिसा हन्टरले सर्वाधिक ६९ रन बनाउँदै जिततर्फ पुराइन् । बलिङमा सीता रानामगर र कविता जोशीले २-२, कविता कुवर र रुविना क्षेत्रीले १-१ विकेट लिएपनि जितका लागि प्रयाप्त हुन सकेन ।
यसअघि मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको गुमाउँदै ११५ रन बनाएको थियो । नेपालका नेपालका लागि कप्तान इन्दू बर्माले २९, ओपनर कविता कुँवर २३, सीता रानामगर ६, रुबिना क्षेत्रीले २० र डली भट्टले २५ रन बनाएकी थिइन् । बलिङमा मलेसियाकी इजाती इस्माइले २ विकेट लिइन् ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend