Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललिता निवासकाे जग्गा नाममा लैजाने कर्मचारी र विचौलिया दोषी ठहर


    बिहिबार, फाल्गुन ३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दाखिल गर्ने कर्मचारी र विचौलिया दोषी ठहर भएका छन्। विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने कलाधर देउजासहित मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीलाई दोषी ठहर गरेको हो।

    जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने रामकुमार सुवेदी, शोभाकान्त ढकाललाई दोषी ठहर भएका छन्। विशेष अदालतले सुवर्ण शमशेरका परिवारलाई पनि दोषी ठहर गरेको छ।

    मन्त्रिपरिषद्को निर्णयको आवरणमा सरकारी जग्गा व्यक्तिको नाममा लैजाने कर्मचारीसहित सुवर्ण शमशेरको परिवारलाई पनि दोषी ठहर गरेको छ।

    अदालतले सुरुमा उक्त जग्गा व्यक्तिको नाममा लैजाने भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकामध्ये हेमाद्री शमशेर राणालाई भने सफाइ दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार