Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै


    बिहिबार, फाल्गुन ३ २०८०
    835
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने भएको हाे ।

    आजको बैठकमा महासमिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल हुने नेताहरूले बताएका छन् । आगामी सोमबार देखि सुरु हुने महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदन साे बैठकबाट पारित हुने जनाइएको छ ।

    बैठकले महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदन र अर्का महामन्त्री विश्व प्रकाश शर्माले तयार गरेको समसामयिक राजनीतिक प्रतिवेदन पनि पारित गर्नेछ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार