Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • कुवेतलाई हराउँदै नेपाल महिला क्रिकेटको सेमिफाइनलमा


    बुधबार, फाल्गुन २ २०८०
    855
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले कुवेतमाथि ८ विकेटको जित निकालेको छ । यो जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    वर्षाले प्रभावित खेलमा जितका लागि पाएको ५० रनको लक्ष्य नेपालले ६.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो ।

    नेपाललाई जिताउन कप्तान इन्दु बर्माले नट आउट २२ रन बनाइन् । सीता राना मगर १७ रनमा आउट भइन् ।

    यसअघि टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको थियो । तर बीचमा वर्षाले खेल रोकिएपछि नेपालले १२ ओभरमा ५० रन बनाउनु पर्ने लक्ष्य पाएको थियो । जुन नेपालले सहजै भेट्टायो ।

    कुवेतलाई ७३ रनमा रोक्ने क्रममा सीता राना मगरले ह्याट्रिक विकेट लिइन् । उनले १३ ‌औं ओभरको दोस्रो बलमा २९ रन बनाएकी ओपनर प्रियदा मुरलीलाई एलबीडब्लूको धरामा पारिन् ।

    तेस्रो बलमा मार्याम ओमरलाई विकेट किपर काजल श्रेष्ठको हातबाट स्टम्पिङ्ग गरिन् ।

    चौथो बलमा कप्तान अम्ना सरिफलाई एलबीडब्लू आउट गरिन् ।

    यस्तै रुबिना क्षेत्री र कविता कुँवरले समान २ विकेट लिए ।

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार