काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘जनयुद्ध’मा सहभागी नेता–कार्यकर्तालाई एकतामा आउन अपील गरेका छन् ।
आज मंगलबारदेखि काठमाडौंमा सुरु भएको विधान सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले माओवादी ‘जनयुद्ध’ र यसको नेतृत्वलाई अलि बढी हेपाइ हुन थालेको बताए । जनयुद्धका उपलब्धिलाई अपमानित गर्ने छुट कसैलाई नभएको भन्दै उनले अघि भने, ‘माओवादी जनयुद्धमा सहभागी नेता कार्यकर्तालाई अब ढिलो नगरी एउटै मोर्चा र केन्द्रमा एकताबद्ध हुन अपील गर्न चाहन्छु ।’
जति ढिलो गर्यो, त्यति ठूलो क्षति हुने भन्दै उनले भने, ‘आउनुस् बसौं, कहाँ कमी भए समीक्षा गरौं ।’
एक भएर प्रतिवाद गर्ने हो भने क्रान्तिकारी आन्दोलनको रक्षा मात्र होइन, समाजवादी क्रान्तिको नयाँ लहर सृजना गर्न सकिन्छ भन्ने आत्मविश्वास रहेको समेत उनले बताए ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend