Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मस्यौदा विधान परिमार्जनसहित अधिवेशनमा पेस गर्ने माओवादीको निर्णय


    सोमबार, माघ २९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। विधान मस्यौदा परिमार्जनसहित विधान अधिवेशनमा पेस गर्ने माओवादी केन्द्रको पदाधिकारी बैठकले निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो ।

    स्थायी समितिमा आएका सुझावसहित मस्यौदा विधान अधिवेशनमा पेस गर्ने माआोवादीले जनाएको छ । विधान अधिवेशन भोलि बिहान ११ बजे प्रज्ञा भवनमा उद्घाटन हुने बताइएको छ ।

    शुक्रबार र शनिबार बसेको स्थायी समिति बैठकले मस्यौदा समायोजन गरी परिमार्जन गर्ने जिम्मा पदाधिकारीलाई दिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार