काठमाडौं । ओपनर आरोन जोन्सनको अर्धशतकप्रेरित क्यानडाले एकदिवसीय शृंखलाको दोस्रो खेलमा जितका लागि नेपाललाई २८६ रनको लक्ष्य दिएको छ ।
आज (शनिबार) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको क्यानडाले निर्धाति ५० ओभरमा नौ विकेट गुमाएर २८५ रनको योगफल खडा गरेको हो ।
क्यानडाका ओपनर जोन्सनले सर्वाधिक ६५ रन बनाए । उनले ६२ बलमा १० चौका र दुई छक्का प्रहार गरे । जोन्सनले पहिलो विकेटका लागि अर्का ओपनर नवतिन धलिवालसँग १८.२ ओभरमा ९४ रनको साझेदारी गर्दै क्यानडालाई उत्कृष्ट सुरुआत दिलाएका थिए । धलिवालले ६० बलमा आठ चौकासहित ४६ रन बनाए ।
यसबाहेक, श्रेया मोभाले ४० र पर्गत सिंहले ३८ रन थपे । निकोलस किर्टोन र उदय भगवानले समान २० रन जोड्दा दिलप्रिति बाज्वाले १९ र साहिद अहमदजाईले १३ रन बनाए ।
क्यानडाबाट क्याटिङका लागि आएको १० जनामध्ये आठ ब्याटरले दोहोरो अंकमा रन जोडे ।
नेपालका कप्तान रोहितकुमार पौडेल र कुशल मल्ले समान दुई विकेट लिए । यसबाहेक, सोमपाल कामी, सूर्य तामाङ, पवन सर्राफ र ‘डेब्यूट्यान्ट’ आकाश चन्दले समान एक विकेट लिए ।
नेपाली सिनियर राष्ट्रिय टिमबाट पहिलो खेल खेलेका आकाशले पाँच ओभरमा ३१ रन खर्चिए ।
त्यस्तै तीन खेलको एकदिवसीय शृंखलाका लागि नेपाल भ्रमणमा रहेको क्यानडाले शृंखलामा १–० ले पछि छ । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले क्यानडाविरुद्ध सात रनको जित निकालेको थियो ।
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend