काठमाडाैं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । चितवनकाे रत्ननगर नगरपालिका-९ कफुरफोरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम २४ मिलिग्राम, गाँजा जस्तो देखिने पदार्थ २ किलो र नगद ४४ हजार २ सय ६० रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रत्ननगर नगरपालिका-२ बस्ने २८ वर्षीय सुनिल पुन र सोही नगरपालिका-१३ बस्ने २६ वर्षीय निरोज मगर रहेका छन् । ईलाका प्रहरी कार्यालय रत्नानगर टाँडीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित कटेजभित्र लुकिछिपी बसेका उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।
बाँकेकाे नेपालगंज उपमहानगरपालिका-५ साइमार्गस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्रामसहित सुर्खेत विरेन्द्रनगर नगरपालिका-३ बस्ने २८ वर्षीय रूपेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलालीकाे धनगढी उपमहानगरपालिका-१५ कनरीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने २४ वर्षीय नवीन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापाकाे मेचिनगर नगरपालिका-६ पुरानो मेची पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित सोही नगरपालिका-८ ढकाल टोल बस्ने २३ वर्षीया गीता विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ मेचिनगर नगरपालिका-१० बस्ने ३१ वर्षीय मेग्देन गुरूङले ल्याउन लगाएको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend