Wedding Diary Nepal - Shahnawaz - all rights Reserved
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताएका छन् । अहिले गणतन्त्र नभई लुटतन्त्र मच्चिएको भन्दै केही सीमित दल र ती दलका पनि केही नेताको मुठ्ठीमा देश कैद हुन पुगेको उनको भनाइ छ ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले राप्रपाले देश पछाडि फर्कन होइन, नयाँ सम्झौता गरेर अगाडि बढ्न ढिला गर्न नहुने बताए । उनले सबै मिलेर नयाँ सम्झौता गरेर देशलाई अगाडि बढाउनुपर्ने बताए ।
‘देश टक्क अडिएको छ । देश भ्रष्टाचार र लुटमा मात्र अगाडि बढेको छ । भ्रष्टाचार कहाँ छ भनेर होइन, कहाँ–कहाँ छैन भनेर हेर्नुपर्ने विद्यमान अवस्था छ,’ उनले भने, ‘सरकार प्रगति र सुशासनको कुरा गर्छ, तर यही सरकार र विगतमा समेत मिलेर देश लुट्ने काम भएको छ । गणतन्त्रको अभ्यासका वर्षमा सबै सरकारले देश लुटेका छन् ।’
उनले दूरसञ्चारसम्बन्धी सेवा प्रदायक संस्थाहरूले दिइरहेको सेवाको गुणस्तरमाथि पनि प्रश्न उठाए । ‘अहिले टेरामक्स जो सुनिराखेका छौँ, टेरामक्स भनेको के हो ? दूरसञ्चारसम्बन्धी सेवाप्रदायक संस्थाहरूले जुन सेवा दिन्छौँ भनेका छन् त्यो गुणस्तरको सेवा दिएका छन् कि छैनन् ? जुन सेवा पायौँ भनेर रकम तिर्छौँ, त्यो पाएको छ कि छैन भनेर हेर्ने प्रविधि हो टेरामक्स,’ उनले भने, ‘त्यो ल्याउने क्रममा भ्रष्टाचार भयो । त्यो प्रविधि भित्र्याउनमै भ्रष्टाचार भयो भनेर त्यो प्रविधि भित्र्याउन रोकिएको छ । ल्याउने क्रममा पनि खाने, भित्र्याउन नदिएर पनि लुट्ने काम चलिरहेको छ ।’
उनले अहिले अवलम्बन गरेको राजनीतिक प्रणालीमै दोष रहेको जिकिर गरे । यही प्रणालीबाट जनताले अपेक्षा गरेको परिवर्तन कुनै हालतले सम्भव नभएको उनले दाबी गरे ।
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend