काठमाडौँ । मुगुमा लागूऔषध खैरो हिरोइनसहित एकजना युवालाई प्रहरीले पक्राउ गरेको छ । मुगुको छाँयानाथ रारा नगरपालिका वडा नम्बर १ ठिनी वस्ने १८ वर्षीय कमल मल्ल खैरो हिरोइनसहित पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय मुगुले दिएको जानकारी अनुसार आफ्नो साथमा लिई कारोबार गर्नको लागी वडा नम्बर २ गमगढी बजारस्थितमा हिँडीरहेको गोप्य सूचनाको आधारमा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा मल्ललाई गमगढी बजारको न्यूरोडमा फेलापारी पक्राउ गरेको हो।
उनलाई मोजाभित्र कागजसहित ३०० मिलिग्राम (शुद्द तौल ६० मिलिग्राम) लागूऔषध खैरो हेरोइन बरामद गरेको प्रहरीले जनाएको छ।
उनका अनुसार प्रतिवादीको घरमा गई खोज तलास गर्दा मल्लको कोठामा कागज सहित ३३० मिलिग्राम (शुद्द तौल ११० मिलिग्राम) लागूऔषध खैरो हेरोइन, नगद सोह्र हजार बरामद गरिएको छ। उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend