काठमाडौँ । न्याय परिषद्ले एकै पटक उच्च र जिल्ला अदालतका १२ जना न्यायाधीशहरूको सरुवा गरेको छ । उच्च अदालतका सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मीको उच्च अदालत पाटनमा, सुर्खेतकै अर्का न्यायाधीश काजी बहादुर राईको उच्च अदालत विराटनगरको इलाम इजलास र उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश विष्णु प्रसाद अर्यालको तुलसीपुर उच्च अदालतमा काज सरुवा भएको छ ।
न्यायपरिषद्ले कास्कीका जिल्ला न्यायाधीश ऋषिराम आचार्यको ललितपुर जिल्ला अदालतमा, सुनसरीका हरिप्रसाद कोइरालालाई कास्कीमा, कास्कीका अवनी मैनाली भट्टराईलाई मकवानपुर, तेह्रथुमका प्रमेश पोखरेलाई पर्सा, रौतहटका तेजबहादुर खड्कालाई झापा र झापाका भीम बहादुर निरौलालाई तेह्रथुम जिल्ला अदालतमा सरुवा गरेको छ ।
त्यस्तै जिल्ला अदालत डडेलधुराका न्यायाधीश दयाराम ढकालको चितवन, नवलपुरका बाबुराम सुवेदीको मोरङ र दाङका कुलप्रसाद पाण्डेको नवलपुर जिल्ला अदालतमा काज सरुवा भएको स्रोतले बताएको छ ।


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend