Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वदेश फर्कियो यू-१९ क्रिकेट टिम


    सोमबार, माघ २२ २०८०
    945
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। यू-१९ क्रिकेट विश्वकप खेल्न दक्षिण अफ्रिका गएको नेपाली टिम स्वदेश फर्किएको छ । आज काठमाडौं आइपुगेको नेपाली टिमलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका थिए ।

    प्रतियोगितामा नेपालले समुह चरणमा अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्सको यात्रा तय गरेको थियो । सुपर सिक्समा नेपाल बंगलादेश र भारतसँग पराजित भएको थियो ।

    दुवै खेल जितेको भएपनि समुह चरणको दुई हारको कारण नेपाल सेमिफाइनलको दौडबाट बाहिरिएको थियो । यू-१९ क्रिकेट विश्वकपको सेमीफाइनलमा मंगलबार भारत र दक्षिण अफ्रिका खेल्दै छन् भने विहिबार अस्ट्रेलिया र पाकिस्तान खेल्ने भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार