काठमाडौं। यू–१९ क्रिकेटको अभ्यास खेलमा नेपालले स्कटल्याण्डलाई १३५ रनले हराएको छ। पहिले ब्याटिङमा उत्रिएको नेपालले अलराउण्डर गुलशन झाको शतक २८४ रनको योगफल बनाएको थियो।
जितको लागि २८५ रनको विशाल विजयी लक्ष्य पछ्याएको स्कटल्याण्ड ४३.२ ओभरमा १४९ रनमा अल आउट भयो। स्कटल्याण्डका उजैर अहमदले २८ र फरहान खानले २४ रन बनाए। नेपालका तिलक राज भण्डारीले ३ र आकाश चन्दले २ विकेट लिए।
पहिले ब्याटिङ गरेको नेपाल ४९.२ ओभरमा २८४ रनमा अलआउट भएको थियो। नेपालका लागि गुलशनले ११५ बलमा ११४ रनको शतकीय इनिङ खेले। दीपक बोहरा ५४ बलमा ५८ रन बनाएर अविजित रहे।
नेपाल यू–१९ विश्वकप क्रिकेटका लागि अहिले दक्षिण अफ्रिकामा छ। जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समूह ‘डी’ रहेको छ। नेपालको समूहमा न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन्।
विश्वकप अघि नेपालले अभ्यास खेलहरु खेलिरहेको हो। नेपालले १३ जनवरीमा स्कटल्यान्ड र १६ जनवरीमा वेस्टइन्डिजसँग वार्मअप खेल्नेछ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend