Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नाबालिकाको नक्कली फेसबुक बनाएर अश्लील म्यासेज पठाउने पक्राउ


    आइतबार, माघ २१ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नाबालिकाको नाम र तस्बिर राखेर फेक फेसबुक एकाउन्ट बनाएर चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । उनलाई विद्युतीय कारोबार ऐन २०६३ बमोजिमको कसुरमा काठमाडौं महानगरपालिका–२७ भोटाहिटी चोकबाट पक्राउ गरिएको हाे ।

    पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुर नगरपालिका–१० निवासी ३७ वर्षीय राजकुमार महर्जन रहेका छन् ।

    महर्जनले फेक फेसबुक अकाउन्टबाट सामाजिक सञ्जालमा रहेका साथीहरूलाई मेसेन्जरबाट अश्लील म्यासेजहरू पठाउने गरेका थिए । यसबाट नाबालिकालाई मानसिक तनाव, दुःख हैरानी दिई चरित्र हत्या समेत गरेकाले पीडितको आफन्तले साइबर ब्यूरोमा उजरी दिएको प्रहरीले जनाएको छ ।

    महर्जनलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार