काठमाडाैं। अर्बपति व्यवसायी विनोद चौधरी पनि बाँसबारी छालाजुता कारखानाको जग्गा हिनामिना प्रकरणमा तानिएका छन् ।
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी भन्दा बढी जग्गा हडपेको उक्त आरोपमा नेपाली कांग्रेसका सांसद समेत रहेका उनका भाइ अरुण चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आजै पक्राउ गरे लगत्तै विनोद चौधरीले समेत ठूलो परिमाणमा जग्गा हडपेको पाइएको छ। उक्त बाँसबारी छालाजुत्ता कारखानाको नाममा रहेको १० रोपनी जग्गा चौधरी ग्रुपले नियमविपरीत गएर निजी बनाएको खुलेको छ ।
सो प्रकरणमा विनोद चौधरीलाई समेत पक्राउ गर्न खोजी कार्य जारी रहेको सीआईबी उच्च स्रोतले बतायो ।
‘अरुण चौधरी मात्र हैन, विनोद चौधरीकै नाममा पनि २ हजार कित्ता सरकारी जग्गा भेटिएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘सरकारी जग्गा हिनामिना गर्ने कसैलाई नछाड्नू भन्ने आदेश छ । सीआईबीले विनोद चौधरीलाई पनि खोजिरहेको छ । उनी उम्किने ठाउँ छैन ।’
पञ्चायतकालदेखि नै जग्गा हिनामिना गरेको पाइएको प्रहरीले बताएको छ।
‘२०४२ सालमा पञ्चायतको पालादेखि प्रजातन्त्रकालसम्म उनीहरूले सरकारी जग्गा हडपेको पाइयो,’ प्रहरी स्रोतले भन्यो ।
चौधरी समूहले हडपेको जग्गामा चाँदबाग स्कूल सञ्चालन गरिएको छ भने अहिले अर्को अपार्टमेन्ट बनाउने तयारी छ ।
काठमाडौं । मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पूरा नगरेका ४ अस्पतालको नवीकरण र स्तरोन्नति गर्ने क्रममा ठूलो आर्थिक चलखेल भएको तथ्य ढिलोगरी...
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) शेरजंगबहादुर चन्द सरकारी सेवाका प्रावधानलाई नाघेर व्यापारिक कारोबारमा संलग्नमात्र छैनन्, कारोबारका सिलसिलामा मानिसहरुलाई भुक्तानी नदिने...
काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन गरी कानुनी राजमा खलल पुर्याउनेहरुलाई कारबाही गर्नका लागि स्थापित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालले एक विवादित नायबसुब्बाको...
वीरगञ्ज । लायन्स मल्टिपल डिस्ट्रिक्ट ३२५ का पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन तथा लायन डा. रमेशकुमार अग्रवालको लायन्स क्लब मिलेनियम एमजेएफबाट सदस्यता समाप्त गरिएको घटनाले...
काठमाडौं । देशको सम्पूर्ण ध्यान प्रलयकारी भोटेकोशीको बाढीतर्फ केन्द्रित छ । देशका सबै संयन्त्र बाढी प्रभावितहरुको उद्दार र राहतमा लागेका छन् । गृहमन्त्री सुधन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend