Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल

    राज्यको गोप्य विषय चुहावट गरेको मुद्दामा इमरान खानलाई १० वर्षको जेल सजाय


    मंगलबार, माघ १६ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई राज्यको गोप्य विषय चुहावट गरेको मुद्दामा १० वर्षको जेल सजाय सुनाएको छ ।

    पाकिस्तानको पन्जाब प्रान्तस्थित रावलपिण्डीको जेलमा स्थापित विशेष अदालतले मंगलबार यो सजाय सुनाएको छ । कूटनीतिक मामिलासम्बन्धी ‘साइफर केस’ नाम दिइएको यो मुद्दामा उनलाई दोषी ठहर गरिएको हो ।

    खानले आफूलाई सत्ताबाट हटाउन सन् २०२२ मा यो षड्यन्त्र भएको जिकिर गरेका थिए । ‘अफिसियल सेक्रेट एक्ट’अन्तर्गत स्थापित अदालतले खानलाई अमेरिकाका लागि पाकिस्तानी पूर्व राजदूतले पठाएको गोप्य कागजातको दुरुपयोग गरेकामा दोषी ठहर गरेको हो ।

    त्यस्तै आउँदो फेब्रुअरी ८ मा हुने आमनिर्वाचनको करिब एक साताअघि पाकिस्तानको प्रमुख प्रतिपक्षी नेताका रूपमा रहेका खानविरुद्ध सजाय तोकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार