Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्वास्थ्य व्यवसायीको लाइसेन्स परीक्षामा २४ प्रतिशत मात्र पास


    मंगलबार, माघ १६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको पीसीएल तहको लाइसेन्स परीक्षामा २४ प्रतिशत परीक्षार्थी मात्रै पास भएका छन् । यही माघ १० देखि १४ गतेसम्म लिइएको परीक्षामा २४.३४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।

    ५ दिनसम्म सञ्चालन भएको उक्त परीक्षामा नौ विषयका तीन हजार २७९ विद्यार्थी सहभागी थिए । परिषद्ले सार्वजनिक गरेको पीसीएल लाइसेन्स परीक्षाको नजिता अनुसार उनीहरूमध्ये ७९८ जना उत्तीर्ण भएका छन् ।

    परिषद्का अनुसार, सबैभन्दा बढी डायलासिस टेक्नोलोजीमा ६६ प्रतिशत र सबैभन्दा कम डेन्टल हाइजिनमा १४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार