Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • धरहराको पार्किङ भोलिदेखि खुल्ने


    शनिबार, माघ १३ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा भोलिदेखि सवारी साधन पार्किङ खुला हुने भएको छ । काठमाडौं महानगरपालिकाले न्यूरोडमा कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि धरहरासँगैको भवन खुला गर्न लागिएको हो ।

    सरोकारवालासँगको समन्वयमा भोलिदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराउन लागेको महानगर प्रहरीले जनाएको छ । महानगर प्रहरीका अनुसार धरहराको पार्किङ भवनमा ५० हजार वर्गफिट क्षेत्र निःशुल्क पार्किङ उपलब्ध हुने छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार