Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अहिले जस्तो कहिल्यै राष्ट्रियता कमजोर भएको थिएन : रवीन्द्र मिश्र


    शनिबार, माघ १३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले वर्तमान समयमा सबैभन्दा धेरै राष्ट्रियता कमजोर भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै मिश्रले यस्तो बताएका हुन् ।

    उनले भने,‘नेपालको राष्ट्रियता अहिलेको समयमा जति क्षयीकृत भयो नेपाल युद्धमा जाँदा र युद्धमा हार्दापनि त्यो राष्ट्रियता प्रबल भएर बसेको थियो । नेपालमा २००७ सालदेखि २०१५ सालसम्म राजनीतिक अस्थिरता व्याप्त रह्यो, त्यो बेला आन्तरिक राजनीतिमा हस्तक्षेप भएपनि जब भौगोलिक अखण्डता र राष्ट्रियताको कुरा आयो त्यसबेला राजा, जनता र राजनीतिक नेताहरुमा एकता थियो । अहिले हामी यस्तो समयमा प्रवेश गरेका छौँ, जहाँ हामी आन्तरिक रुपमा विखण्डित छौँ, आन्तरिक रुपमा विखण्डित भएको हुनाले जब घरमा झगडा हुन्छ, छिमेकी लगायत बाहिरका व्यक्ति हस्तक्षेप गर्न आउनु स्वभाविक हो ।’

    उनले बीपी कोइरालाले आफू भारतमा निर्वासनमा भएका बेला राष्ट्रियता संकटमा परेको बेला राष्ट्रियता जोगाउन देश फर्किएको बताए । अहिले कमजोर भएको राष्ट्रियतालाई सही ट्रयाकमा ल्याउन सकिएन भने पछिल्लो पुस्तालाई त्यसको ठूलो भारी बोकाउनुपर्ने अवस्था हुने उनकाे भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार