काठमाडौं । यातायात व्यवस्था विभागले अवैध ठहराई खारेज गरेका २९ हजार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को खारेजीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्वीकृत गरेको छ।
विभागले अवैध देखिएका २९ हजार लाइसेन्सलाई सिस्टमबाट हटाएर यसअघि नै खारेज गरिदिएको थियो। विभागले खारेज गरेको सो निर्णयलाई मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सदर गरेका हुन् ।
विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले २९ हजार लाइसेन्स यस अघि नै सिस्टमबाट हटाइएको र सिस्टमबाट हटाईएपछि स्वतः खारेज भएको बताए। विभागको सो निर्णयलाई मन्त्रालयले सदर गरेपछि अवैध ठहरिएका २९ हजार लाइसेन्स औपचारिक रूपमै खारेज भएको हो। अब ती लाइसेन्सहरू विभागको सिस्टमबाट पूर्ण रूपमा हट्ने छन्।
यस्तै, मन्त्रालयले मंगलबार नै छानबिन गर्नुपर्ने ७३ हजार लाइसेन्सको बारेमा आवश्यक भेरिफिकेसन गरि सत्य तथ्य पत्ता लगाएर यथार्थ विवरण पठाउन सम्बन्धित यातायात कार्यालयमा नै लेखी पठाउने निर्णयसमेत गरेको छ।
यातायात कार्यालयहरू प्रदेश मातहत रहेकाले केन्द्रीय तहमा मन्त्रालयबाट निर्णय गर्नुपरेको विभागका महानिर्देशक रिजालले जानकारी दिए ।
अवैध लाइसेन्सका बारेमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वाला, मन्त्रालयका उच्च पदस्थ अधिकारी तथा विभागका महानिर्देशकलगायतका पदाधिकारीसँग छलफल गरेका थिए ।
सो छलफलमा प्रधानमन्त्रीले नक्कली लाइसेन्स खारेज गर्न र अन्य शंकास्पद लाइसेन्सलाई थप छानबिन गर्न निर्देशन दिएका थिए।
विगतमा गैरकानुनी किसिमले तयार पारिएका लाइसेन्समा विभिन्न वर्गका लाइसेन्स रहेका छन्। ती लाइसेन्सहरू सिस्टममा प्रविष्ट भइसकेका थिए।
सिस्टममा प्रविष्ट भइसकेकाले ती लाइसेन्सहरू जुनसुकै समयमा पनि बिक्री वितरण हुन सक्ने भन्दै विभागले ती सबैलाई सिस्टमबाट हटाएर खारेज गरिदिएको हो।
पछिल्ला केही वर्षयता देशका विभिन्न यातायात कार्यालयमार्फत् वितरण भएका एक लाख २ हजार शंकास्पद लाइसेन्समध्ये २९ हजार लाइसेन्स अवैध नै भएको विभागद्वारा गठित छानबिन समितिले पत्ता लगाएको थियो भने बाँकी ७३ हजार पनि शंकास्पद भन्दै थप छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको थियो।
विभागका महानिर्देशक रिजालले ७३ हजार शंकास्पद लाइसन्सको बारेमा पनि थप छानबिन र भेरिफिकेसन आवश्यक पर्ने र त्यसका लागि सम्वन्धित यातायात कार्यालय जिम्मेवार र संवेदनशील हुनुपर्ने आवश्यकता औंल्याए ।
विभागद्वारा गठित छानबिन समितिले छानबिनका क्रममा अन्य विभिन्न शंकास्पद तथ्यसमेत फेला पारेको थियो।
जसअनुसार नेपालको एकमात्र हेबी सवारीचालक अनुमतिपत्रधारी महिला गरिमा सिंहको ‘जी’ वर्गको सवारीचालक अनुमति पत्र जारी भई छपाइसमेत भएको फेला पारिएको थियो।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend