जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले पुस २५ गते ४ वटा चोरीका स्कोरपियो गाडीसहित ७ जनालाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्याल धनुषाको फेसबुक पेज ‘डीपीओ धनुषा’मा पनि ४ वटा गाडीसहित पक्राउ परेका ७ जनाकै नाम, थर र वतनसहितको विवरण सार्वजनिक गरियो । पक्राउ परेका ७ जनाको म्याद ४ दिनसम्म पनि थप भएन । ४ दिनपछि पुस २९ गते आइतबार ५ जनालाई सुटुक्क छाडी २ जनाको मात्र म्यादथप गरिएको छ ।
भारतबाट गाडी चोरी गरी नेपालमा ल्याएर बिक्री गर्ने कार्यमा संलग्न ५ जनालाई आर्थिक चलखेलमा छाडिएको स्रोतले बताएको छ । मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल आइतबार हाजिर भएकै दिन उनलाई जाहेर समेत नगरी धनुषा प्रहरीले पक्राउ परेका गाडी चोरीमा संलग्न ५ जनालाई छाडेको छ ।
गाडी चोरीमा पक्राउ परेका ७ जनामध्ये ५ जनासँग डिल मिलेपछि छाडेर मोहम्मद अजिज राइन र मुख्तार कवारीलाई मात्र आइतबार सार्वजनिक गरेको गरिएको छ । गाडी चोरीमा पक्राउ परेका रोशनकुमार ठाकुर, मुवारक अली, पंकज शर्मा, मुसारुल कवारी, आजित नडामलाई आर्थिकम लाभ लिएर छाडेको आरोप प्रहरीमाथि लागेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका मुद्दा फाँटका इन्स्पेक्टर उपेन्द्र खरेल र क्राइम टोलीका सई रवि मण्डलले ५ जनासँग डिल मिलाउने काम गरेको स्रोतले बताएको छ ।
सई मण्डल असई हुँदा ४ बर्ष धनुषा जिल्ला प्रहरी कार्यालयमा बसेकाले उनी त्यहाँको सबै कुरासँग जानकार हुन् । सई भएपछि उनको दरबन्दी ढल्केवरको गणमा छ । तर उनी काजमा जिल्ला प्रहरी कार्यालय धनुषाको क्राइम इन्चार्ज भएर सबै सेटिङ गर्दैआएका छन् । खरेल पनि सई हुँदा धनुषामै कार्यरत थिए । उनी बढुवा भएपछि ट्राफिक महाशाखाबाट धनुषा प्रहरी कार्यालयमा सरुवा भएका हुन् ।
धनुषामा बसेकाले मण्डल र खरेलले नै गाडी चोरीमा पक्राउ परेका ५ जनालाई ४ दिनसम्म म्यादसमेत नथपी डिल गरेर कुरा मिलेपछि एसपी मित्रबन्धु शर्मालाई समेत सहमत गराएर छाडेको आरोप छ । ५ जना गाडी चोरीमा संलग्नहरुलाई छाड्न खरेल र मण्डलले डिल मिलेपछि डीएसपी रन्जन अवालाई जाहेर गरेका थिए । एसपी मित्रबन्धु शर्मा सुरुमा सबैको म्यादथप गर्नुपर्ने पक्षमा थिए । ३ दिनसम्म उनी म्यादथपकै पक्षमा भए पनि डीएसपी अवा, इन्स्पेक्टर खरेल र सई मण्डलले लाभ हुने र अप्ठेरो नपर्ने बिषयमा कन्भिन्स गरेपछि आइतबार ५ जना छुटेका थिए ।
गाडी चोरीमा संलग्न रोशनकुमार ठाकुर, मुवारक अली, पंकज शर्मा, मुसारुल कवारी, आजित नडामलाई ७ लाख डिल गरी छाडिएको स्रोतको दाबी छ । यसअघिका एसपी विश्व खड्कामार्फत् पनि कन्भिन्स गराएर गाडी चोरीमा संलग्नलाई छोडिएको थियो । शर्मा खड्काका ब्याची हुन् ।

यसैबीच, २०८० पुस २५ गते चोरीका बरामद ४ वटा गाडीसहित पक्राउ परेकाहरुको नाम नामेसी फेसबुक पेजमा राखेको धनुषा प्रहरीले आइतबार छाडेपछि विवरण नै हटाएर २ जनामात्र पक्राउ परेको विज्ञप्ति राखेको छ । पुस २५ मा डीपीओ धनुषाको फेसबुक पेजमा राखिएको बरामद गाडी र पक्राउ ७ जनाकै तस्वीर र नाम, ठेगाना उल्लेखित विवरणको फोटोसहितको स्क्रीनसट नेपालफेससँग सुरक्षित छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend