Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रीका स्वकीय सचिव र सल्लाहकार अब विदेश जान नपाउने


    शुक्रबार, पुष २७ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री र मन्त्रीका स्वकीय सचिव र सल्लाहकार कर्मचारी कोटामा विदेश जान नपाउने भएका छन् । राष्ट्रिय सतर्कता केन्द्रले उनीहरुलाई नियम विपरीत विदेश भ्रमणमा जान रोक लगाएको हो।

    कर्मचारी तथा अन्य सरकारी पदाधिकारीका लागि आएको भ्रमण कोटामा उनीहरुलाई विदेश भ्रमणमा नपठाउन केन्द्रले लिखित निर्देशन दिएको छ । केन्द्रले २०७२ मा जारी भएको नेपाल सरकारका अतिविशिष्ट तथा विशिष्ट श्रेणीका पदाधिकारीले गर्ने विदेश भ्रमणसम्बन्धी निर्देशिकाअनुरुप मात्रै मन्त्रीका स्वकीय सचिव र सल्लाहकारलाई विदेश भ्रमणमा लैजाने व्यवस्था गर्न भन्दै प्रधानमन्त्री कार्यालय, संघीय मन्त्रालयहरु र सातवटै प्रदशेका मुख्यमन्त्रीको कार्यालयलाई परिपत्र गरेको बताइएको छ ।

    अब सरकारी कोष वा सरकारलाई दातृ निकाय तथा देशबाट कार्यालयको कामसँग सम्बन्धित सरकारी कर्मचारीहरुका लागि प्राप्त विदेश भ्रमणसम्बन्धी कोटामा मन्त्री, राज्यमन्त्रीले नियुक्त गरेका सल्लाहकार, स्वकीय सचिव जान नपाउने केन्द्रले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार