Wedding Diary Nepal - Shahnawaz - all rights Reserved
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले कोशीमा पार्टीले सभामुख लिएको विषयमा आफ्नो पार्टीभित्र दुई मत देखापरेको गुनासो गरेका छन् । पार्टीभित्र यसबारे दुईथरी विचार आएको लिङदेनले बताएका छन् ।
भृकुटीमण्डपमा राप्रपाले आयोजना गरेको राष्ट्रिय एकता दिवसमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष लिङदेनले भने, ‘सभामुखमा हामी कोशीमा मात्रै सहभागी भएको होइन, योभन्दा अगाडि बागमतीमा पनि हाम्रो सहभागिता छ । लुम्बिनी प्रदेशमा उपसभामुखका रुपमा हाम्रो सहभागिता छ । यो नौलो कुरा होइन ।’
लिङदेनले अगाडि भने, ‘तर अहिले परिवर्तित सन्दर्भमा कोशी प्रदेशमा सभामुखमा हामी जाने कि नजाने भन्ने छलफलकै विषय थियो । हतार गर्नुहुन्न भन्ने हामी सबैको सहमति थियो । म देशबाहिर भएका बेला हाम्रो कोशी प्रदेशका साथीहरूले निर्णय गरेर सहभागी हुनुभयो ।’
अध्यक्ष लिङदेन भन्छन्, ‘यस विषयमा विभिन्न मतहरु छन् । एकथरि साथीहरूको चर्को स्वरमा तुरुन्तै फिर्ता हुनुपर्छ भन्ने पनि छ । अर्कोतर्फ साथीहरुको के तर्क छ भने कोशीमा मात्र होइन, हामी त अगाडिदेखि नै सहभागी छौं । प्रदेशसभामा होस् वा प्रतिनिधिसभामा, यदि संसदमा हामी छौं भने त्यसको सर्वोच्च पद सभामुख हामीले कसैसँग शर्त नगरिकन पाउँछौं भने त्यो कसरी अन्यथा हो, त्यो कार्यकारी पद पनि होइन भन्ने तर्क पनि साथीहरुको छँदैछ । सदस्य हुने सभामुखचाहिँ नहुने भन्ने कुरा पनि छ ।’
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend