काठमाडौं । बलात्कार र हत्या आरोपमा काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जनलाई सर्लाहीस्थित जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
उनलाई बुधबार राति सर्लाही पुर्याइएको थियो । जिल्ला अदालत सर्लाहीले नै उनलाई पक्राउ पुर्जी जारी गरेको थियो । उनीमाथि आश्रममा रहेका चार युवती बेपत्ता बनाएको र यौन हिंसा गरेको आरोप लागेको थियो ।
प्रहरीले खोजी जारी राखेपछि लुकिछिपी हिँडेका बमजनलाई मंगलबार बेलुका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो । उनलाई पक्राउ गर्न सीआईबीका प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीको नेतृत्वको टोली मंगलबार उनी बस्ने घर हात्तीगौडा पुगेको थियो ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार मंगलबार घरमा प्रहरी पुग्दा उनको घरको मूल ढोका बन्द थियो । सधैँ पानी पुर्याउने मानिस घरभित्र पस्नासाथ प्रहरीको टोली समेत उनीसँगै भित्र पसे । सीसीटीभी मोनिटरिङ गर्ने रुममा त्यो बेला कोही थिएनन् । बम्जन रोटी खाँदै थिए ।
त्यही बेला उनलाई नियन्त्रणमा लिइएको थियो । सीआईबीले पक्राउ गरेर ल्याए लगत्तै उनीमाथि सोधपुथ र बयान लिने प्रयास गरेको थियो । तर, प्रहरी अधिकारीसँग बम्जनले आफू तवस्वी र गुरु भएकाले बाहिरी संसारबारे कुनै जानकारी नै नरहेको प्रतिकृया दिएका छन् ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend