Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शेयर बजार दोहोरो अङ्कले बढ्यो


    मंगलबार, पुष २४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाण्डाै। आज पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । यसदिन शेयर बजार परिसूचक नेप्से २० दशमलव ६२ अङ्कले बढेर दुई हजार ८० दशमलव १२ विन्दुमा पुगेको हो ।

    आज जलविद्युत्, उत्पादन र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक ‘सर्किट’ लागेको छ । समग्रमा बजार बढेको दिन आज धौलागिरि लघुवित्तको शेयर सबैभन्दा धेरै आठ प्रतिशतले घटेको छ ।

    बजारसँगै आज कारोबार रकम र सङ्ख्या पनि बढेको छ । आज एक करोड ७९ लाख ४९ हजार कित्ता शेयर कारोबार भएकोमा सबैभन्दा धेरै निफ्राकाे आठ लाख ५१ हजार कित्ता शेयर किनबेच भएका छन् ।

    आज छ अर्ब ११ करोड ८३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २१ करोड ४९ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार