Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जसपाले बोलायो केन्द्रीय समिति बैठक


    सोमबार, पुष २३ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ । बुधबार बिहान ११ बजे ललितपुरको ज्यापु प्रज्ञा भवनमा बैठक बस्ने भएको हाे ।

    बैठकमा राजनीतिक एवं सङ्गठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा छलफल हुने जनाइएको छ ।

    राजनीतिक समितिको बैठकलगत्तै पार्टीका नेताहरुको सक्रियतामा भएका कार्यहरुको प्रगति विवरणसम्बन्धी प्रतिवेदन प्रस्तुत हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार