Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपाले तय गर्‍यो राजनीतिक र केन्द्रीय समिति बैठकका कार्यसूची


    शनिबार, पुष १४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले राजनीतिक समितिको बैठक र पुस २७ गते बस्ने केन्द्रीय समिति बैठकको कार्यसूची तय गरेको छ । बैठकमा प्रस्तुत हुने चारवटा विषयसूची निर्धारण गरिएको हो ।

    जसअनुसार सदस्यहरुले आ–आफ्नो सक्रियतामा भएका पार्टी कार्यहरुको प्रगति विवरण प्रतिवेदन प्रस्तुत गर्ने पहिलो कार्यसूची रहेको छ ।

    त्यसैगरी राजनीतिक एवम् सांगठनिक प्रतिवेदन प्रस्तुत हुने छ । सांगठनिक प्रस्तावमा पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन प्रस्ताव रहेको छ । साथै पार्टीको महाधिवेशन र विविध विषयमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार