काठमाडौं । औषधि ब्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले केही फार्मेसी अधिकृतहरुको सरुवा गरेका छन् । गतहप्ता ढकालले फार्मेसी अधिकृतहरु सुस्मिता मरासिनी, निकेश श्रेष्ठ, अरविन्द बनियाँ, संजीव कट्टेलको सरुवा गरेका छन् । उद्योग शाखामा रहेका संजीवलाई स्वास्थ्य सेवा विभागमा पठाइएको छ भने बनियाँलाई बीरगंज कार्यालयमा सरुवा गरिएको छ ।
निकेशलाई बिराटनगर कार्यालयमा र मरासिनीलाई प्रयोगशालामा सरुवा गरिएको हो । ढकाल महानिर्देशक भएपछि निरीक्षण शाखाबाट बनियाँको जिम्मेवारी खोसेर अतिरिक्तमै जस्तो राखिएको थियो । कट््टेल ढकाल आउनुअघिका महानिर्देशक भरत भट्टराईको कार्यकालमा उद्योग शाखामा कार्यरत थिए । मरासिनी श्रीमान प्रयोगशालातिरै काम गर्ने भएपछि उनकै चाहनाबमोजिम त्यहाँ खटिएकी हुन् । सरुवा भएका मध्ये कट्टेलले अझै पनि पत्र बुझ्न इन्कार गरेका छन् ।
विभागको उद्योग शाखा फार्मेसी अधिकृतका लागि आकर्षक मानिन्छ । उनी पूर्व महानिर्देशक भट्टराई निकट भएको र उनलाई ढकालको कुरा लगाएको आरोपमा सरुवा गरिएको बताइन्छ । उनको सरुवा हुनुमा यतिमात्र कारण भने पर्याप्त होइन, उनी नेपाल फार्मेसी एशोसिएसनका महासचिव समेत हुन् । एमालेनिकट कट्टेल एशोसिएसनको महासचिव भएपछि बिभागमा कम समय दिने, सेवाग्राहीसँग सहजै भेट्न इन्कार गर्ने र केही औषधि कम्पनीहरुको इशारामा चल्ने गरेको आरोप लाग्दैआएको छ ।
पीडितहरुले उनका बारेमा मौखिक उजुरी मुख्यसचिव बैकुन्ठ अर्याल र मन्त्रालयको नेतृत्वलाई मात्र होइन, विभागकै महानिर्देशक ढकाललाई समेत पटक पटक गर्दैआएका थिए । उनको शाखामा काम नभएर कयौं फाइलहरु पेन्डिङमा रहेका छन् । औषधि उद्योगको उत्पादन तथा मार्केटिङ लाइसेन्स उनले रोकिंदिदा उत्पादनको तयारीमा रहेका औषधि र उत्पादन भएका औषधिको बजारीकरणमा समस्या थियो ।
औषधि जस्तो संवेदनशील बिषयमा कट्टेलले हेलचक्रयाई गरेकै कारणले उनको सरुवा भएको बताइन्छ । उनी सरुवा भएको चर्चासँगै विभाग आउन छाडेका छन् भने पत्र पनि बुझेका छैनन् । उनी सरुवा थमौतीका लागि महानिर्देशक ढकाललाई दबाब दिन बिभिन्न शक्तिकेन्द्र धाइरहेका छन् । एउटै आँगनमा रहेका निवर्तमान महानिर्देशक भरत भट्टराईले ढकाललाई छिर्के हान्न अनेक तिकडम गरिरहेका छन् । ढकालले नेतृत्व गरेको औषधि ब्यवस्था विभाग, भट्टराईले नेतृत्व गरेको प्रयोगशालाको कार्यालय एकै आँगनमा छ । दुबैको आउजाउ उक्त परिसरभित्र दिनहुँ हुने गरे पनि सम्बन्ध भने ३६ को आँकडा जस्तै छ । एकले अर्काको उछित्तो काढ्ने काममा दुबै बराबरजस्तै छन् ।
बिराटनगरमा १६ बिघा जमिनको मालिक बताउने भरत भट्टराई आफू सुशासनको नायक नै जस्तो गुड्डी हाँक्छन् तर घुस भने ५ हजार समेत नछाड्ने भनेर चिनिन्छन् ।
त्यस्तै स्याङ्जाका ढकाल भ्रष्टाचार नियन्त्रण आफ्नो कार्यकालको पहिलो एजेन्डा भन्न छुटाउँदैनन् । तर ब्यवहारमा औषधि उद्योगीहरुसँग यो वा त्यो बहानामा घुस असुलिरहन्छन् । उनले अघिल्लो पटक महानिर्देशक हुँदा भारतीय औषधि सूचीकरण गर्दा गरेको घोटालामा अख्तियारले समेत छानबिन गरेको थियो । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले महानिर्देशकमा योग्य भनेर पठाइएका ढकालको सुशासन कति छ भन्ने कुरा अख्तियारमा उनले गरेका अनियमितताका उजुरीबाटै छर्लङ्ग हुन्छ ।
काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा। अञ्जना सिंह र रजिस्ट्रारमा प्रा। रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा...
काठमाडौं । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बिहीबारको बैठकले बसी रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार...
काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा.सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद...
काठमाडौं । मधेश प्रदेश सरकारका प्रमुख सचिव शोभाकान्त पौडेलले कार्यभार सम्हाल्नासाथ प्रदेशभर अनियमित रुपमा काजमा कार्यरत कर्मचारीहरुलाई दरबन्दीमा पठाउने अभियान सुरु गरेका छन् । मधेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend