काठमाडौं। सांसद छिरिङ ल्हामु लामाले कर्णालीको विकास र परिवर्तनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नै ११ बुँदे मागपत्र पेस गरेकी छन् । उनले कर्णालीका लागि आवश्यक र तत्काल गर्न सकिने विकासे योजना तथा रणनीतिको फेहरिस्त प्रधानमन्त्रीलाई दिएकी हुन् ।
उनको पत्रमा सुर्खेत–जुम्ला राजमार्गदेखि हिमाली यातायातसम्मका आयोजनाहरू उल्लेख छन् । लामाले ग्रेट हिमालयन पदमार्गलाई व्यवस्थित, भरपर्दो र पर्यटकीय मैत्री बनाउन ग्रेट हिमालयन पदमार्ग विकास तथा समृद्धि योजना घोषणा गर्नुपर्ने माग राखेकी छिन् । उक्त पदमार्गलाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
‘गणतन्त्र स्थापनाका लागि सबैभन्दा बढी बलिदानी गरेको प्रदेश कर्णाली हो,’ लामाले भनेकी छिन्, ‘यहाँका जनताको भावनालाई उच्च सम्मान गर्नका लागि दश जिल्ला जोड्ने कर्णाली चक्रपथ सडकको निर्माण आवश्यक देखिन्छ । उक्त सडकको नाम जनयुद्ध स्मृति सडक नामकरण गरिनुपर्ने गरी घोषणा गर्नुपर्ने कुरा पनि राखिएको छ ।’
कर्णालीको वाणिज्य क्षेत्रको विकासको लागि हुम्लाको हिल्सा, मुगुको नाक्चेलाग्ना र डोल्पाको मोरील्ला नाकासम्म पुग्ने स्तरीय उत्तर–दक्षिण सडक निर्माण गर्नुपर्ने प्रस्ताव पनि उनले राखेकी छन् । यी नाकाहरूमा व्यवस्थित भन्सार राख्न सकिए कर्णालीले देशलाई व्यापार क्षेत्रमा ठुलो योगदान गर्ने अपेक्षा गरिएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाँदैछन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपा महामन्त्री विपिनकुमार आचार्यको...
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend