Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • सप्तरीबाट स्रोत नखुलेको ५ लाख २९ हजार भारतीय रुपैयाँ सहित एक पक्राउ


    शनिबार, पुष २१ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • राजविराज । सप्तरीको राजगढबाट स्रोत नखुलेको पाँच लाख रुपैयाँभन्दा बढी भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

    प्रहरीले विभिन्न दरका नाेटहरु गरी जम्मा ५ लाख २९ हजार ९ सय ७० भारतीय रुपैयाँ सहित बिहारको भरफोर पञ्चायत सुब्बाटोलका संजयकुमार यादबलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले राजगढ गाउँपालिका-२, झौराचौकमा सवारी साधन चेकजाँच गर्ने क्रममा बिआर ५० बी १५४२ नम्बरको टिभिएस मोटरसाइकलको डिक्कीमा राखेर स्रोत नखुलेको त्यतिका रकम लिएर हिडिरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको जानकारी दिए ।

    यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार