Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘टुटल’का संस्थापक शिक्षित भट्ट पक्राउ


    शुक्रबार, पुष २० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राइड सेयरिङ संस्था ‘टुटल’का संस्थापक शिक्षित भट्टलाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको छ । उनी बिहीबार राति पक्राउ परेका हुन् ।

    उनीमाथि टुटल बिक्री गरेर आएको रकम संस्थाका अन्य साझेदारहरूलाई नदिइ आफैँले लिएको आरोप छ ।

    सोही आरोपमा उनीमाथि प्रहरीमा निवेदन परेको थियो । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार भट्टले टुटल कम्पनी एक करोड रुपैयाँमा बिक्री गरेको खुलेको छ ।

    नेपालमा राइड सेयरिङ भित्र्याउने टुटल पहिलो कम्पनी हो । हाल पठाओ र इन्ड्राइभ समेत सञ्चालनमा छन् । पक्राउ परेका भट्टमाथि थप अनुसन्धान गर्न काठमाडौं प्रहरीले म्याद थपका लागि जिल्ला अदालत लगिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार