Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • राष्ट्रिय सभा सदस्यको भागबन्डा गर्न बालुवाटारमा गठबन्धनको बैठक


    बुधबार, पुष १८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । माघ ११ गते हुने राष्ट्रियसभाको सीट भागबन्डाबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।

    उक्त बैठकमा कांग्रेस माओवादी केन्द्र, नेकपा एस र जसपा नेताहरु सहभागी छन् । हिजो र आज बसेको कांग्रेस र माओवादीबीचको बैठकमा गठबन्धनका अन्य दलसँग पनि छलफल गरेर सीटको भागबण्डा टुंग्याउने सहमति बनेको छ ।

    चार ठूला दलहरू राष्ट्रियसभामा नागरिक उन्मुक्ति, लोसपा, जनमतलाई भाग नदिने पक्षमा छन् । तर, उनीहरूले गठबन्धनमा आफ्नो हिस्सा पाउनुपर्ने अडान राखेका छन् ।

    त्यस्तै साना दलहरूले पनि आकांक्षा राखेपछि गठबन्धनमा सीट भागबण्डा पेचिलो बन्दै गइरहेको छ । यता, कांग्रेस र माओवादीबीच राष्ट्रिय सभामा एमालेलाई पनि समेट्ने सहमति बनेको छ।

    यो बैठकलगत्तै गठबन्धन र प्रतिपक्षी दल नेकपा एमालेको बैठक बस्ने तय भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार