काठमाडौं। काठमाडौंका छुट्टा–छुट्टै स्थानबाट प्रहरीले १६ जना जुवाडेलाई पक्राउ गरेको छ। काठमाडौंको गोकणेश्वर नगरपालिका–९ र काठमाडौं महानगरपालिका–१७ बाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको हो।
दुवै ठाउँका जुवा खालबाट गरी नगद २ लाख ३ हजार रुपैयाँ बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
गोकर्णेश्वधर नगरपालिका-९ गोकर्ण भगवती स्थानस्थित सिन्धुपाल्चोक जुगल गाउँपालिका-५ घर भएका ४४ वर्षीय दुर्गा लाल तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।
यस्तै, सोमबार राति नै काठमाडौं महानगरपालिका–१७ कालधारास्थित नेष्ट अपार्टमेन्टमा बस्ने काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-३ घर भएका ३३ वर्षीय हिमाल तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६२ हजार ९ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो।
उक्त दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा दुईतर्फी रूपमा सडक अवरुद्ध भएको छ । आज बिहान करिब १० बजे पहिरो खसेको...
काठमाडौँ। काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी भएको छ। आइतबार बिहान ८:५५ बजे आगलागी भएको सूचना प्राप्त भएपछि दमकल र सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर आगो...
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरो(सीआईबी)ले गएको असोज २३ गते पक्राउ गरी धरौटीमा छुटेका बिचौलिया नवीनराज बस्नेतमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले पनि अनुसन्धान...
काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक...
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend