Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • बालकुमारी घटनामा यसरी भयो २३ वर्षीय युवकको मृत्यु

    मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी प्रकरण


    शुक्रबार, पुष १३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुरको बालकुमारीमा आज (शुक्रबार) भएको आन्दोलनमा ज्यान गुमाउने युवकको परिचय खुलेको छ । ग्वार्कोस्थित किस्ट अस्पतालका अनुसार उनी जुम्लाका २३ वर्षिय सुजन राउत हुन् ।

    अस्पतालका चिफ अफ अपरेसन अमिस पाठकका अनुसार मध्यान्न १२ः४० बजे उनलाई अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । तत्काल मेडिकल टिमले सीपीआर दिएर जगाउने प्रयास गर्दा पनि सफल नभएको उनले बताए । अस्पतालले दिउसो १ः१७ मा उनलाई मृत घोषणा गरेको हो ।

    अहिले अस्पतालमा प्रहरी र प्रशासनको टोली आएको छ । मृतकको छातिमा कालो डाम देखिएको छ । यद्यपि, शरीरमा गोली भेटिएको छैन । पोस्ट मार्टमबाट मृत्यूको मात्र कारण खुल्ने डा. पाठकले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार