Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पर्सामा बाघको आक्रमणबाट १ जनाको मृत्यु


    सोमबार, पुष ९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • वीरगन्ज। पर्साको पटेर्वा सुगौली गाउँपालिका- २ थरकट्टीमा बाघको आक्रमणबाट एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा थरकट्टी गाउँका २० वर्षीय मनोज महतो उराँव रहेका छन् ।

    सब डिभिजन वन कार्यालय रंगपुरका रेञ्जर कपिलदेव यादवका अनुसार,जंगलसंग जोडिएको थरकट्टी गाँउका मनोज आइतबार बेलुकी शौच गर्न खेततिर गएका थिए। राति अबेरसम्म घर नफर्किएका उनलाई खोज्न छिमेकी र गाउँलेहरुले सोमबार बिहान खेततिर जाँदा नजिकैको जंगलमा बाघले मारेर खाएको अवस्थामा उनका शरीरका अंगहरु भेटिएको रेञ्जर यादवले बताए ।

    पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले थरकट्टी गाँउमा बाघले मान्छे मारेको खबर प्रहरीलाई आएपछि अनुसन्धानका लागि प्रहरीको टोली घटनास्थलमा पुगेको जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार