Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • विद्युत् प्राधिकरणले काट्यो थप दुई उद्योगको लाइन


    आइतबार, पुष ८ २०८०
    2.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बिल नतिर्ने थप दुई उद्योगको लाइन काटेको छ । प्राधिकरणले आज सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटेको हो ।

    सर्वोत्तम सिमेन्टले ८३ करोड र लक्ष्मी स्टिलले ६२ करोड बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

    यसअघि प्राधिकरणले जगदम्बा स्टिल, रिलायन्स सिमेन्ट, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार