गाजा। गत अक्टोवरमा ७ मा इजरायली आक्रमण सुरु भए देखि डिसेम्बर २० सम्म गाजा पट्टिमा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २० हजार नाघेको हमास निकट सञ्चार कार्यालयले हिजो बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उक्त विज्ञप्तिका अनुसार पीडितमध्ये आठ हजारभन्दा बढी बालबालिका, छ हजार २०० महिला छन्। आक्रमणमा ५२ हजार भन्दा बढी ब्यक्तिहरू घाइते भएका छन् भने छ हजार ७०० भन्दा बढी ब्यक्तिहरू बेपत्ता भएका छन्।
इजरायली हमलामा कूल तीन सय दश चिकित्सा कर्मचारी, ३५ सैन्य कर्मचारी तथा ९७ जना पत्रकारहरूको मृत्यु भएको विवरण थप भएको छ।
हमलामा हेब्रोन र बेथलेहेमका वेस्ट बैंक सहरमा इजरायली सैनिकसँगको झडपमा दुई प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ।
गत अक्टोबर ७ मा इजरायल–प्यालेस्टिनी द्वन्द्वको दोस्रो चरणसुरु भएदेखि यस क्षेत्रमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३०३ तीन पुगेको वाफा नामक प्यालेस्टिनी समाचार संस्थाले अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ।
इजरायली तालिका अनुसार इजरायलले अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणको बदलामा गाजामा निरन्तर आक्रमण गरिरहेको छ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend