एजेन्सी। इजरायल–गाजा क्षेत्रमा जारी युद्धमा इजरायलका एक मन्त्रीका २५ वर्षीय छोरा मारिएका छन् । पूर्वसैन्य प्रमुखसमेत रहेका गाडी इसेनकोटका छोरा मेजर गल आइसेनकोटको गाजा युद्धमा मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
मेजर आइसेनकोट सुरुङको शाफ्ट विस्फोटबाट गम्भीर घाइते भएका र उपचारका लागि अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइसेनकोट ‘सच्चा नायक’ भएको भन्दै उनको मृत्युले आफू र उनकी श्रीमतीको मन टुटेको बताएका छन् ।
‘हाम्रा नायकहरू व्यर्थमा मरेका छैनन् । हामी विजयी नभएसम्म लडाइँ जारी राख्नेछौँ’, प्रधानमन्त्री नेतान्याहुले भने । ६३ वर्षीय गाडी आइसेनकोट, सन् २०१५/१९ सम्म इजरायलको चीफ अफ द जनरल स्टाफको रूपमा सेवा गरेका लडाइँमा खटिएका सेवा निवृत्त जनरल हुन् ।
राष्ट्रिय एकता पार्टीका एक सांसद, उनी ७ अक्टोबरमा हमासले इजरायलमा हमला गरेपछि स्थापित नेतन्याहूको आपतकालीन सरकारको वर्तमान सदस्य बनेका थिए ।
इजरायलले गाजामा हवाई बमबारी र भूमि आक्रमण सुरु गरेको जारी राखेको छ । जसमा अहिलेसम्म १७ हजारभन्दा बढी मानिसको मृत्यु नभएको जनाइएको ।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend